टिप्परकाे ठक्कबाट ४ दिनपछि विहे हुँदै गरेकी प्रेमिकाकाे निधनपछि प्रेमीले लेखे यस्ताे भावुक स्टाटस
१० माघ, काठमाडाैँ । बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो । प्रकाश नेपाली सेनामा कार्यरत छन्, रमिता महेन्द्रनगरस्थित डेरामा बस्थिन् ।
क्षेत्री परिवारका प्रकाशले ब्राह्मण परिवारकी छोरी रमितालाई एक वर्षअघि नै भगाएका थिए, यद्यपि उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो । आफ्ना साथीभाइलाई कार्ड बाँड्नका लागि बजारमा साइकलमा हिँडिरहेका बेला बिहीवार महेन्द्रनगर बजारमा टिप्परले ठक्कर दियो । रमिताको घटनास्थलमै मृत्यु भयो ।

रमिताकाे मृत्यु भएपछि प्रकाश भावविह्वल बनेका छन् । उनले फेसबूकमा मर्मस्पर्शी स्टाटस लेखेका छन् । उनि लेख्छन्, तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी ! पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौं, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौंला नि ! यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।
हेर्नुहोस्, स्टाटस :
प्रकाशित मिति : January 24, 2020 at 1:57 pm









