१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मुलुकमा लगानीको राम्रो वातावरण छ ढुक्क भएर लगानी गर्नुहोस्ः अध्यक्ष तिमिल्सिना

१० माघ, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ ।  पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका हासिल गर्न लगानी बढाउनुपर्छ भन्नुभयो ।  “ सबै लगानी राज्यले गर्ने होइन, उद्यमीले पनि आफूसँग जे छ यसलाई बैंकमा धितो राखेर पैसा निकाल्नुपर्छ, यसलाई नै लगानी गर्नुपर्छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “ उद्यमीहरू बैंकमा धितो राखेर पैसा निकाल्न चहान्छन् भने राज्यले त्यो प्रक्रियालाई सजिलो बनाउछ, सहकार्य गर्छ ।”

 

प्रदेशसभा सचिवालय गण्डकी प्रदेशको आयोजना र संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा पोखरामा शुक्रबारदेखि सुरु दुई दिवसीय अन्तरसभा अनुभव आदानप्रदान तथा अन्तक्र्रियामा मन्तव्य व्यक्त गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्वीरः हरि बास्तोला/रासस

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ अध्यक्ष केदारनाथ शर्मा महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै करिब रु डेढ करोड सङ्कलन हुने लक्ष्य रहेको जानकारी दिनुभयो । महोत्सवमा झन्डै २०० प्रदर्शनी कक्ष रहेका छन् ।

प्रकाशित मिति : January 24, 2020 at 10:08 am