३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

८ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावकै कारण तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको जनाएको छ । देशका पूर्वी भागमा सामान्य बदली रहेको र अन्य पहाडी भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सामान्यत: आज (बुधबार) मौसम सफा रहने बताए पनि उच्च हिमाली र पहाडी क्षेत्रमा भने हिमपातको सम्भावना रहेको जनाएको छ । बरु पश्चिमी भेकका एक-दुई स्थानमा भने आज हल्का वर्षा हुने सम्भावना छ ।

यही पश्चिमी वायुको प्रभावले हिजो (मंगलबार) देशका विभिन्न स्थानमा बदली भएको थियो । जसका कारण देशका केही भेकमा वर्षासहित हिमपात हुन सक्ने महाशाखाको अनुमान छ ।

मौसममा देखिएको बदलीले काठमाडौँको आकाशमा बादल रहे पनि भारी वर्षा भने नहुने महाशाखाले जनाएको छ । वर्षा भइहाले पनि फाट्टफुट्ट हुने अनुमान छ । हिजो पनि देशका अधिकांश भूभागमा मौसम सामान्य बदली रह्यो । महाशाखाले चिसोबाट बच्न सबैमा अपिलसमेत गरेको छ ।

हिमपातले डेढ महिनादेखि सडक अवरुद्ध

प्रकाशित मिति : January 22, 2020 at 7:22 am