९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

प्रवासी नेपालीलार्इ धादिङ गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले गरिन यस्तो अपिल

२४ वैशाख, काठमाडौँ । धादिङको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले विदेशमा रहेका सम्पूर्ण नेपालीमा ३० दिनको गतिबिधि सार्वजनिक गरिदिन अपिल गरेकी छिन । आफ्नो फेसबुक वाल मार्फत उपाध्यक्ष ढुंगानाले एक महिनामा एक दिन घुमेको र मनोरञ्जन गरेको तस्बीरमात्रै भन्दा पनि अन्य २९ दिनसम्म गर्ने गरेको कामको फोटोहरु पनि फेसबुकमा सार्वजनिक गरिदिन आग्रह गरेकी हुन ।

उनले विदेशको वास्तविकता जान्न पाए विदेशीने युवाहरुको संख्यामा कमी आउन सक्ने विश्वास व्यक्त गरेकी छिन । उनले यस्तो लेखेकी छिन, ‘बिदेशमा रहनुहुने मेरा प्यारा मित्र तथा आफन्तजनमा मेरो एउटा अनुरोध! तपाइहरु बिदेशिभुमिमा रहेर महिनाको एक पटक राम्रो पार्क वा समुन्द्री तट मा गएर खिचेको फोटो मात्र पोस्ट नगरेर तपाईंहरु ले तेहा गर्ने काम, भोग्ने दुख, खटिने समय , मातृभुमी र आफन्त सग छुटिदाको पिडा समेत झल्किने बाकी २९ दिन का फोटा नि पोस्ट गरिदिनुस न जसले यहाँ बाट थप युबा बिदेशिने सङ्ख्या मा कम गर्न सकिन्छ ।’

प्रकाशित मिति : May 7, 2018 at 9:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/