एनपीएल विजेताले १ करोड ५० लाख पुरस्कार पाउने
८ कात्तिक, काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराएका हुन् ।

घोषित पुरस्कारअनुसार एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । एनपीएल भोलिदेखि सुरु हुँदैछ ।
प्रकाशित मिति : October 25, 2026 at 4:29 pm










