९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

राष्ट्रपति पौडेलले गरे नवदुर्गा भवानीको पूजाअर्चना

८ कात्तिक, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए ।सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो । यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरा सुन्दरी र भद्रकाली नवदेवीको पूजा गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे । दसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ।

प्रकाशित मिति : October 25, 2026 at 4:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/