३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेपालमा आफ्ना ८ नागरिककाे मृत्यु भएपछि भारतका परराष्ट्रमन्त्री जयशंकरले गरे दुःख प्रकट

७ माघ, काठमाडाैँ । दामनको एक रिसोर्टमा आठजना भारतीय पर्यटकको मृत्यु भएको विषयमा भारतका परराष्ट्रमन्त्री एस जयशंकरले दुःख प्रकट गरेका छन् । मंगलवार आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ट्वीट गर्दै उनले भारतीयहरूको मृत्युले चिन्तित तुल्याएको र नेपालस्थित भारतीय दूतावासले घटनाक्रमलाई नजिकैबाट नियालिरहेको जानकारी दिए ।

 ‘दूतावासका कर्मचारीहरू अस्पतालमा छन् र आवश्यक सहयोग दिइरहेका छन् । मृतक परिवारप्रति हाम्रो समवेदना छ,’ उनले लेखे ।

प्रकाशित मिति : January 21, 2020 at 4:59 pm