६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

पानोरमा रिसोर्टमा अचेत भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु


७ माघ, काठमाडौँ । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बसेका आठैजना भारतीय पर्यटकको मृत्यु भएको छ । मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठठमाडाैँकाे हेम्स अस्पतालमा ल्याइएकाे थियो ।’ अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको हाे ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरेकाे छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ । उनिहरू नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

याे पनि पढ्नुहाेस्ः

-पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटक अचेत अवस्थामा भेटिए, उपचारका लागि काठमाडौँ ल्याइँदै

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार १२:४७