३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटक अचेत अवस्थामा भेटिए, उपचारका लागि काठमाडौँ ल्याइँदै

७ माघ, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटक अचेत अवस्थामा भेटिएका छन् । मंगलबार बिहान  २ वटा कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई बेहोस अवस्थामा फेला पारिएको हो ।

अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान भने नखुलेको प्रहरिले जनाकाे छ । २ कोठामा बसेको भए पनि ती पर्यटकहरु एकै कोठामा बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने बताइएकाे छ ।

अचेत अवस्थामा रहेका उनिहरुलाई काठमाडौँ ल्याउन हेलिकप्टर बोलाइएको छ। उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ। कटेजमा बसेका उनीहरुकाे टोलीमा १५ जना थिए।

प्रकाशित मिति : January 21, 2020 at 10:56 am