१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्छः महामन्त्री कोइराला

८ फागुन, चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन । चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।”

वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै  उनले कांग्रेस पार्टीलाई जोगाएर लानुपर्ने बताए ।

महामन्त्री डा कोइरालाले पार्टी कमजोर भएको स्वीकार गर्दै पार्टी सुदृढीकरणको प्रक्रिया शुरु भइरहेको समेत दाबी गरे । महासमिति र केन्द्रीय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उनले त्यसमा कमीकमजोरीबारे गम्भीर छलफल हुने बताए ।

प्रकाशित मिति : 23:47