२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

सुरक्षाकर्मीको चरम दुरूपयोगमा कांग्रेस नेताको बहुमत, यी हुन दुरूपयोगमा अब्बल नेता

२ माघ, काठमाडाैँ । सुरक्षाकर्मीको चरम दुरूपयोगमा नेपाली कांग्रेसका नेताहरूको अब्बलता देखिएको छ । नेकपाको भन्दा दोब्बर बढी पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेताहरू सुरक्षाकर्मीको चरम दुरूपयोगमा देखिएका हुन । सुरक्षाकर्मीको दुरूपयोग गर्ने कांग्रेस नेतामा रामचन्द्र पौडेल, बिजय कुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिह, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि लगायत रहेका छन । त्यस्तै नेकपाका वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल र जनार्दन शर्मा रहेका छन भने राप्रपाका कमल थापा रहेका छन ।

सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् । यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूमा कमल थापा, बिजय कुमार गच्छदार, रामचन्द्र पौडेल, प्रकाशमान सिह, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठलगायत रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको सूचीअनुसार कार्यविधिमा बढीमा तीन जना सुरक्षाकर्मी पाउने प्रावधान भए पनि अधिकांशले १० देखि २० जना सुरक्षाकर्मी राख्दै आएका हुन् । केहीले सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने गरेका छन । कार्यविधिमा पूर्वउपप्रधान तथा गृहमन्त्रीलाई पदबाट बाहिरिएको तीन वर्षसम्म सुरक्षाका लागि २ देखि ३ जना सम्म सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने प्रावधान छ । तर, अधिकांशले पदबाट बाहिरिएको तीन वर्षपछि पनि ठूलै संख्यामा सुरक्षाकर्मी राखेर गैरकानुनी कार्य गर्दै आएका छन ।

गृह मन्त्रालयका अनुसार रामचन्द्र पौडेलले ११ जना, विजयकुमार गच्छदारले १२ जना, प्रकाशमान सिंहले १७ जना, विमलेन्द्र निधिले १२ जना, कृष्णप्रसाद सिटौलाले १४ जना, गोविन्दराज जोशीले ६ जना, वामदेव गौतमले १६ जना, भीम रावलले १८ जना, जनार्दन शर्माले १५ जना र कमल थापाले १५ जना सुरक्षाकर्मी लिएका छन । यो सबै कार्यविधि विपरित हो । तर गृह मन्त्रालयले भने उनीहरूले फिर्ता नपठाइ सुरक्षाकर्मी खोस्ने बारेमा कुनै योजना बनाएको छैन ।

प्रकाशित मिति : January 16, 2020 at 10:13 am