३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

देशको सबै भूभागको रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

२७ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताउनुभएको छ । पृथ्वी जयन्तीको अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने जनाउनु भएको छ ।

‘जनमानसमा के छ के भइरहेको छ भन्ने सबैलाई स्पष्ट रहेको पनि उहाँले बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ । ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने ?,’ शाहले भन्नुभएको छ । उहाँले ‘राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने’ धारणा पनि राख्नुभएको छ । ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन,’ शाहले भन्नुभएको छ ।

पुस २७ गते आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती हो। मुलुकमा गणतन्त्र आएपछि सो दिन दिँदै आएको बिदा सरकारले कटौती गरेको छ। शाहले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आधुनिक नेपाल निर्माणको प्रक्रियामा आज पनि उतिकै सान्दर्भिक रहेको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : January 12, 2020 at 2:23 pm