२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

ईपीएलमा ३-० ले चेल्सी विजयी

२७ पुस, काठमाडौं इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार रातिको खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३८औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । त्यसपछि ४९औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए । जितसँगै चेल्सीले २२ खेलमा ३९ अंक जोडेको छ । चेल्सी लिगको चौथो स्थानमा छ ।

बर्नली २४ अंक जोडेर १५औं स्थानमा छ । प्रिमियर लिगअन्तर्गत दोस्रो स्थानको लेस्टर सिटी भने साउथ ह्याम्पटनसँग २-१ गोल अन्तरले पराजित भएको छ ।

यस्तै एभर्टनले ब्राइटनलाई १-० ले हराएको छ । वुल्भ्स र न्युकासलले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०८:३८