३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

२६ पुस, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुखको राजिनामा माग्ने निर्णय गरेको छ । सभामुख चयनका विषयमा नेकपाभित्र विवाद श्रृजना भईरहेका बेला आज अपरान्ह बसेको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भन्नुभयो, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने ।’ सभामुख कसलाई बनाउने भन्नेबारे तय भएको छैन । सभामुख उम्मेदवार को बनाउने भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘त्यो आउँछ नि ! पहिला उपसभामुखको राजीनामा आउनुपर्‍यो ।’

प्रकाशित मिति : January 11, 2020 at 6:29 pm