प्रदेश नं ३ को नाम र राजधानी टुंग्याउन बसेको प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित
२६ पुस, काठमाडाैँ । प्रदेश नं ३ को राजधानी र नामाकरणका सम्बन्धमा निर्णय लिन प्रदेशसभाको बैठक ३० मिनेटका लागि जारी छ । प्रदेशसभामा दुईवटा प्रस्ताव माथि छलफल भैरहेको छ । हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव गरेका छन भने उक्त प्रस्तावलाई प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङले समर्थन गरेकी छिन ।

यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्ताव गरेकोमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्यले समर्थन गरेकी छिन । प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् । बैठक ३० मिनेटपछि पुन बस्नेछ ।
प्रकाशित मिति : 14:04









