१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

नेत्र विक्रम चन्द ‘विप्लव’ समहूका पोलिटब्यूरो सदस्य मोहन कार्की र सरिता कार्की नेकपामा प्रवेश

२६ पुस, काठमाडाैँ । नेत्र विक्रम चन्द ‘विप्लव’ समहूका पोलिटब्यूरो सदस्य मोहन कार्की नेकपामा प्रवेश गरेका छन । उनीसँगै विप्लव समूहकै नेतृ सरिता कार्की पनि नेकपामा प्रवेश गरेकी छिन । उनीहरूलाइ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा स्वागत गरे ।

कार्कीद्धयलाइ पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरे । दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन अनुरोध गरे । नेता कार्कीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको प्रष्ट परे ।

अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए ।

प्रकाशित मिति : 13:03