आज देशभरको मौसम सफा !
२६ पुस, काठमाडौं । आज (शनिबार) नेपाली आकाशमा कुनै मौसमी प्रणाली नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही जिल्लामा बिहानै देखिएको हुस्सु तथा कुहिरो पनि क्रमश: घटेर जाने महाशाखाले जनाएको छ ।
दिउँसो भने मौसममा आंशिक बदली भई केही स्थानमा पानी पर्ने सम्भावना छ । यस्तै उच्च हिमाली तथा पहाडी केही जिल्लामा सामान्य हिमपातको भने सम्भावना छ ।

प्रकाशित मिति : January 11, 2020 at 7:38 am







