७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मुद्दा मिलापत्रको नाममा तीन आना जग्गा कब्जा गर्ने वकिल खत्रीकोको लाइसेन्स निलम्बन

२५ पुस, काठमाडाैँ । नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायीको आचारसंहिताविपरीत काम गरेको अभियोगमा एक अधिवक्ताको तीन महिना कानून व्यवसाय गर्न नपाउने गरी प्रमाणपत्र निलम्बन गरेको छ ।परिषद्का सचिव रामहरि काफ्लेले आज जारी गर्नुभएको सार्वजनिक सूचनामा प्रमाणपत्र सङ्ख्या ४४९३ नम्बरका अधिवक्ता कृष्णबहादुर खत्रीको कानून व्यवसायी प्रमाणपत्र निलम्बन गरिएको उल्लेख छ ।

अधिवक्ता खत्रीले काठमाडाैँ गोलढुङ्गा गाविस ५ बस्ने काबु पुतुवारको कानून व्यवसायी भई काम गर्दा मुद्दा मिलापत्र गराएबापत तीन आना जग्गा आफ्नो नाममा गरेको र उक्त मुद्दामा दोहोरो भूमिका खेलेको सूचनामा दावी गरिएको छ । त्यस्तै, परिषद्ले अर्का अधिवक्ता खगेन्द्रप्रसाद बोहरा ( प्रमाणपत्र ४३५८) ले कानून व्यवसायी हुँ भनेर आचारसंहिता विपरीत काम गरेको हुँदा पहिलो पटक नसिहत दिएको छ । परिषद्को अनुशासन समितिमा परेको उजूरीका आधारमा अनुसन्धान गरी सो कारवाही गरिएको परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार २१:५३