यती समूहको भवन निर्माण रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
२५ पुस, काठमाडाैँ । यती समूहले दरबारमार्गमा बनाइरहेको भवन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । अदालतले यती समूह र नेपाल ट्रस्टले गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै निर्माणाधीन भवनको काम रोक्न अन्तरिम आदेश दिएको हो।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार पुस २३ मा अधिवक्ता परिवर्तन राईले दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ।
अधिवक्ता राईले दर्ता गरेको रिटमा मासिक ४ लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले ३० वर्षका लागि १ रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएपछि राज्यलाई ५ अर्ब नोक्सान हुने दाबी गरिएको छ ।
प्रकाशित मिति : January 10, 2020 at 5:50 pm







