३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

अवैध बालुवा उत्खनन्‌को विरोध गर्ने युवकलाई ठक्कर दिएर हत्या गर्ने टिपर चालक पक्राउ

२५ पुस, काठमाडौँ । अवैध नदी उत्खनन्‌को विरोध गर्ने युवकलाई टिपरले किचेर हत्या गर्ने टिपर चालक पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिकामा प्रहरीले शुक्रबार बिहान ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो ।  उक्त टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए । उनको खोजीमा परिचालित टोलीले ढल्केवर पश्चिमबाट चालकलाई नियन्त्रणमा लिएको हाे ।

प्रकाशित मिति : January 10, 2020 at 3:18 pm