३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

ट्याङकरको ठक्करबाट चितवनमा २ जनाको मृत्यु

-प्रदिप घिमिरे

२५ पुस, चितवन । चितवनमा ट्याङकरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । हिजो साँझ अबेर भएको दुर्घटनामा परि २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दी स्थिीत राजमार्गमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. ३ र ०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई सोही दिशावाट आउँदै गरेको ना ७ ख ४६६० नम्वरको ट्याङकरले ठक्कर दिएको हो ।

फाइल तस्वीर

ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक गोरखा भिमसेन थापा गाँउपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा हिजो साँझै मृत्यु भएको हो भने मोटरसाईकल पछाडि सवार सोही स्थान बस्ने २५ बर्षिय सुगम तामाङको पनि उपचारकै क्रममा राति चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल लाई ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : January 10, 2020 at 10:22 am