प्रदेश-३ काे नाम र राजधानीमा सहमति जुटाउन संसदीय दलको बैठक सुरु
२४ पुस, हेटौँडा । प्रदेश नम्बर–३ काे नाम र राजधानीमा सहमति जुटाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा सुरु भएको छ ।

नेकपाका अधिकांश सांसदहरु उपस्थित बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मतीमा सहमति जुटाउने बताइएकाे छ ।नेकपाका सांसदहरुले यसअघि प्रदेशको नामाकरणमा खासै कुरा नउठाए पनि प्रदेश राजधानीका विषयमा संसदीय दलको बैठकमा तीन दिनसम्म आफ्ना धारणा राखेका छन् । फेरि पनि बाँकी सांसद र नेकपाका प्रदेश कमिटीको नेतृत्व गरिरहेका नेताहरुले यस विषयमा धारणा राख्ने क्रम जारी छ ।
झण्डै एक हप्तादेखि राजधानीका विषयमा नेकपा काङ्ग्रेस, लगायतका पार्टीका सांसदहरुले निकै बहस र छलफल गरेका छन् । अब केही दिनमा नै राजधानी र नामाकरणका विषयमा मतदान गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति : 10:55









