६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सन्दिप लामिछाने अष्ट्रिलयमा जुत्ता मार्फत भ्रमण वर्षको प्रचार गर्दै


२३ पुस, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराइसहभागी नेपाल भ्रमण वर्ष २०२० को प्रचार जुलुश विवादमा परेको अष्ट्रेलियामा बिग ब्याश लिग ९बीबीएल० क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्रचार आफ्नो जुत्ता मार्फत गरेका छन । उनले नेपाल भ्रमण वर्ष र अष्ट्रेलियामा भइरहेको आगलागीलाइ समेटेर आफ्नो जुत्ता रङ्ग्याएका छन् ।

सन्दीप आबद्ध मेलबर्न स्टार्स क्लबले ट्वीट गरेर सन्दीप लामिछानेले अष्ट्रेलिया आगलागीको लागि सहयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा समर्थन गरेको जनाएको छ । मेलबर्न स्टार्सले अष्ट्रेलियामा भइरहेको आगलागी पीडितको लागि क्लबको तर्फबाट र खेलाडीको व्यक्तिगत तर्फबाट सहयोग संकलन गरिरहेको छ । मेलबर्न स्टार्सले गरेको ट्वीटमा सन्दीप लामिछानेले एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छन् भने अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् । मेलबर्न स्टार्स क्लबले गरेको ट्वीट तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार २२:५६