१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

सभामुख चयनले सृजित तनाव कम गर्न नेकपा अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकमा

२२ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सभामुख चयनको विवादले तनावमा परेपछि शान्त बन्न सिन्धुपाल्चोक पुगेका छन । नेकपाका नेता समेत रहेका संसद अग्नि सापकोटाको व्यवस्थापनमा उनी पत्नी सीता र परिवारका अन्य सदस्यलाई लिएर सिन्धुपाल्चोकको कदमबासमा रहेको रिसोर्टमा पुगेका हुन ।

सापकोटा तीनै व्यक्ति हुन जो सभामुखको आकांक्षी रहेका छन । उनले यसअघि मुखै खोलेर आफू सभामुख बन्न तयार रहेको बताउँदै आएका छन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न रिसोर्टमा जाने गरेका थिए । प्रचण्डको सिन्धुपाल्चोकको बसाइको व्यवस्थापन सधैँ सांसद सापकोटाले हेर्दै आएका छन ।

पूर्व माओवादीका सांसद तथा नेताहरूले सभामुख पूर्व माओवादीबाटै हुनुपर्ने दबाब दिएपछि प्रचण्ड समस्या परेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाइ सभामुख बनाउने तयारी गरेछन । यता एमसिसी अनुमोदन नगराउने अभियान अन्तर्गत पूर्व एमालेको माधव नेपाल गुटले पनि सभामुख पूर्व माओवादीले नै पाउनुपर्ने भन्दै प्रचण्डको कान फुकीरहेका छन । प्रधानमन्त्री सुवास नेम्बाङबाहेकको नाममा तत्कालका लागि कन्भिन्स हुन नमानेपछि प्रचण्ड तनावमा परेका छन ।

प्रचण्डले सिन्धुपाल्चोक जानु अघि सोमबारै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सभामुख चयन प्रक्रिया र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग सत्य निरुपण तथा मेलमिलापका बिषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : 08:25