अष्ट्रेलियामा लागेको डढेलोबाट भएकाे क्षतिप्रति परराष्ट्रमन्त्री ज्ञवालीद्धारा दुख व्यक्त
२१ पुस, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियामा लागेको आगलागीका कारण जनधनको क्षति भएकोमा आफूलाई दुख लागेको बताएका छन् । सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ज्ञवालीले धेरै मानिस र लाखौँ जनावरले ज्यान गुमाएकोमा आफूलाई दुख लागेको बताएका हुन् ।

‘धेरै मानिस र लाखौँ जनावरको ज्यान गएको र वनजंगलमा अपुरणीय क्षति गर्ने गरी अष्ट्रेलियामा लागेको आगलागीले मलाई दुखित तुल्याएको छ,’ उनले लेखेका छन्, ‘म त्यहाँका जनता र सरकारलाई समवेदना प्रकट गर्न चाहन्छु ।’

प्रकाशित मिति : 17:09









