१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

न्यायपरिषद् सदस्यमा निरालाको नाम सर्वसम्मतिले अनुमोदन

२० पुस, काठमाडाैँ । संसदीय सुनुवाई समितिले न्यायपरिषदको सदस्यमा लक्ष्मीबहादुर निरालाको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिमा न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालाविरुद्ध कुनै पनि उजुरी परेन । समितिको आजको बैठकमा निरालाविरुद्धको उजुरीमाथि सुनुवाइ गर्ने तय भए पनि उहाँविरुद्ध कुनै पनि उजुरी नपरेकाे समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले निरालालाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो । उहाँको आजै समितिमा सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : 13:45