राष्ट्रिय सभा निर्वाचनका लागि नारायणकाजीले दर्ता गराए उम्मेदवारी
२० पुस, कास्की । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा निर्वाचनका लागि कास्कीको पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् ।

श्रेष्ठले आइतवार अपराह्न आफ्नो मनोनयन दर्ता गराएका हुन् । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत छन् । माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि श्रेष्ठलाई नेकपाले गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको थियो । श्रेष्ठ २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभाका लागि गोर्खा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लडेका डाक्टर बाबुराम भट्टराईसँग हारेका थिए ।
प्रकाशित मिति : 13:01









