राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादीले तालमेल गर्ने (सहमतिपत्रसहित)
१८ पुस, काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । २ पार्टीबीच प्रदेश २ का ४ सिट बाँडफाँटमा सहमति समेत गरेका छन् । जसअनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिइनेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 20:52









