२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेपालले आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार्नु राम्रोः चिनियाँ राजदूत यान्की

१८ पुस, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले नेपालले आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्ने सुझाव दिएकी छिन । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर राजदूत यान्कीले देशको हित हेरेर नेपालले अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नु राम्रो हुने बताइन । उनले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय पनि नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने बताइन राजदूत यान्कीले नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने स्पष्ट पारिन ।

राजदूत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ पत्रकार सम्मेलनमा राजदूत यान्कीले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैरपर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

प्रकाशित मिति : January 3, 2020 at 1:44 pm