१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

प्रतिनिधिसभामा पराजित नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभाका उम्मेदवार

१८ पुस, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा गाेरखा -२ बाट पराजित भएका नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभाका उम्मेदवार बनेका छन् । शुक्रबार बिहान बसेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

जसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।

प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछामी दलित
देवेन्द्र दाहाल अन्य

प्रदेश २ मा
तुलसा दाहाल महिला
राधेश्याम पासवान दलित

प्रदेश ३ मा
गंगा वेल्वासे महिला
वेदुराम भुषाल अन्य

गण्डकीबाट
नारायणकाजी श्रेष्ठ अन्य
भगवती न्यौपाने महिला

प्रदेश ५
विमला घिमिरे महिला
जगप्रसाद शर्मा अपांगता अल्पसंख्यक
गोपाल भटटराई अन्य

कर्णालीमा

मायाप्रसाद शर्मा अन्य
सुमित्रा विसि महिला

सुदुरपश्चिममा

तारामान स्वार अन्य
शारदा भट्ट महिला

प्रकाशित मिति : 12:05