१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

राष्ट्रियसभाका लागि नेकपाले टुंग्यायो १६ उम्मेदवार (सूचीसहित)

१८ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभामा उम्मेदवार हुनेको टुंगो लगाएको छ । नेकपा सचिवालय बैठकले केहीबेर अघि राष्ट्रियभाका सदस्यहरूको टुंगो लगाएको हो । नेकपाका प्रचार विभागका उपपम्रखु एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उम्मेदवारको सूची यस्तो छ ।

प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछामी दलित
देवेन्द्र दाहाल अन्य

प्रदेश २ मा
तुलसा दाहाल महिला
राधेश्याम पासवान दलित

प्रदेश ३ मा
गंगा वेल्वासे महिला
वेदुराम भुषाल अन्य

गण्डकीबाट
नारायणकाजी श्रेष्ठ अन्य
भगवती न्यौपाने महिला

प्रदेश ५
विमला घिमिरे महिला
जगप्रसाद शर्मा अपांगता अल्पसंख्यक
गोपाल भटटराई अन्य

कर्णालीमा

मायाप्रसाद शर्मा अन्य
सुमित्रा विसि महिला

सुदुरपश्चिममा

तारामान स्वार अन्य
शारदा भट्ट महिला

प्रकाशित मिति : 11:46