१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

एन आई सी एशिया बैंक र भीसाको सहकार्यमा क्यासव्याक अफर

१८ पुस, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ वर्ष २०२० को अवसरमा भीसाकार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १ हजार ५ सयसम्म क्यासव्याक प्रदान गर्ने भएको छ। यो योजना ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म लागू हुने बैंकले जनाएको छ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा बढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोबार गरिएको हुनुपर्नेछ। यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति : January 3, 2020 at 11:16 am