सूचना-प्रविधि विधेयकबारे तथ्य छोप्ने र भ्रम छर्ने काम भयोः मन्त्री बाँस्कोटा (भिडियोसहित)
१७ पुस, काठमाडाैँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना-प्रविधि विधेयकका विषयमा तथ्य छोप्ने र भ्रमहरु सिर्जना गर्ने काम भएको बताएका छन । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले भने ‘विधेयकअनुसार सकारले जसलाई मन लाग्यो त्यसलाई समात्छ र, कारबाही गर्छ भन्ने हल्ला छ। यही विधेयकको दफा १५ उपदफा २ पढेपछि यो स्पष्ट हुन्छ। सरकारले होइन, कसैको बारेमा उजुरी परे कारबाहीको लागि कानुनी प्रबन्ध गरिएको छ। दसी, प्रमाण, तत्थ्यको आधारमा हुन्छ कारबाही। सरकारले गर्ने होइन ।’

मन्त्री बाँकस्कोटाले विधेयकको आलोचना गर्नेहरुले आफूलाई चाहिने कुरा मात्र भनेर अरु कुरा लुकाएको बताए । उनले भने ‘यहाँ एउटा कुरा लुकाइएको छ। वा, तर पनि भन्ने चिज हुन्छ नि कानूनमा त्यो लुकाइएको छ। आफूलाई के चाहिएको छ त्यो भनिएको छ। तर्साउने, जिस्काउने भन्ने अघि एउटा शब्द छ- निरन्तर। निरन्तर भन्ने शब्दचाहिँ खुसुस्क खल्तीमा हालेर, सरकारविरुद्ध नागरिकलाई उचाल्न सकिन्छ कि भनेर एउटा प्रयास सुरु भएको छ,’ उनले भने।
मन्त्री बाँस्कोटाले अहिले नेपालमा ९० लाख फेसबुक र ४० लाख ट्विटर प्रयोगकर्ता रहेको उल्लेख गर्दै उनले विधेयक पारित भएसबै दर्ता हुनुपर्छ भनेर फैलाएको भ्रमको पछि नलाग्न अनुरोध गरे । उनले विधेयक कानुनको रूपमा आएपछि ती कम्पनीले भने दर्ता गर्नुपर्ने बताए। उनले भने, ‘सबैले दर्ता गर्नुपर्ने हो कि भनेर हल्ला गरिएको छ, यसलाई म सिधै खारेज गर्छु ।’ मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसका नेता गगन थापातर्फ लक्षित गर्दै नेताहरुलाई बोल्दा कानुनी प्रबन्ध के छ भनेर पनि बुझ्नुपर्ने बताउँदै बजार हल्लाको भरमा बिचार नराख्न अाग्रह गरे ।
गगन थापाले भिडियो सन्देश नै जारी गर्दै विधेयकका बारेमा भ्रम फैलाएको भन्दै मन्त्री बाँस्कोटाले भने ‘ज-जसले भिडियो सन्देश जारी गर्नुभएको छ। कसैले आफैंले भन्नु भएको छ नि मलाई फलानोले बारम्बार यसो गर्यो, मुन्ट्याएर लेराए, उठबस गराएँ, पठाएँ । उहाँलाई चाहिँ न्याय चाहियो ।’ मन्त्री बाँस्कोटाले अघि भने ‘भिडियो सन्देश जारी गर्ने साथीहरूले राम्रोसँग हेर्नुपर्यो। विधेयकमा आठ विपक्षी दलका सुझाव समेटिएको छ। ३६ वटा बुँदा संशोधन गरिएको छ। आफै कानुन मस्यौदा तयार पारेर भ्रम सिर्जना गर्ने, सत्यसँग खेलबाड गर्ने,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने।
यो पनि पढ्नुहोस्
-चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सरकारकाे स्वीकृति
-उपभाेक्ता संरक्षण नियमावली स्वीकृत लगाएत मन्त्रिपरिषद् बैठकका यस्ता छन् १४ निर्णय
प्रकाशित मिति : 19:35









