१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

उपभाेक्ता संरक्षण नियमावली स्वीकृत लगाएत मन्त्रिपरिषद् बैठकका यस्ता छन् १४ निर्णय

१७ पुस, काठमाडौँ । पुस १४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् । १४ गतेको बैठकले उपभाेक्ता संरक्षण नियमावली, २०७६ स्वीकृत गरेकाे छ । यस्तै ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ ।  गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेकाे छ ।

अन्य निर्णय हेर्नुहोस्ः

 

प्रकाशित मिति : 17:13