१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेण्डा

१७ पुस, काठमाडाैँ । आज नेकपा सचिवालय बैठक बस्दैछ । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार चयन गर्न शुरु गरेको छ । उम्मेदवार चयनका लागि आज सचिवालयको बैठक डाकिएको हाे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा विशेषत राष्ट्रिय सभाको निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले पुस २० गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएकाले त्यस अगावै चयन गर्ने नेकपाको तयारी छ । १८ सिटका लागि हुने निर्वाचनमा नेकपाले १६ सिट जित्ने आकालन गरिएको छ । जित सुनिश्चित जस्तै देखिएपछि नेकपाभित्र उम्मेदवारका आकांक्षी धेरै रहेका छन् ।

बैठकमा प्रदेश १ र ५ को नाम र राजधानीका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । यसैगरी सभामुखको चयन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सग भएको सम्झौताको विषयमा पनि कुराकानी हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : 10:39