१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

युरो–६ पेट्रोल बिक्री गर्ने आयल निगमको तयारी

१७ पुस, काठमाडौं नेपाल आयल निगमले युरो-६ मापदण्डको पेट्रोल बिक्रीको तयारी गरेको छ । आउने चैतदेखि उच्च गुणस्तरीय युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्रीका लागि तयारी थालेको निगमले जनाएको छ ।

नेपालमा युरो-६ मापदण्डको पेट्रोल प्रयोगमा ल्याउन निगमले इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसँगै अध्ययनसमेत थालेको छ । यसका लागि थानकोट र त्रिभुवन विमानस्थलमा रहेको डिपोको स्तरोन्नतिका लागि काम पनि सुरु भइसकेको निगमले जनाएको छ ।

निगमका अनुसार युरो-६ सञ्चालनपूर्व थप सुरक्षाको व्यवस्थाको तयारी थालिएको हो । युरो-६ को पेट्रोल बढी संवेदनशील हुने र चट्याङका दृष्टिले जोखिमपूर्ण हुने भएकाले सबै डिपोको अर्थिङ फेर्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको निगमको भनाइ छ ।

नेपालमा अहिले मासिक ५० हजार किलोलिटर पेट्रोल, १ लाख ४० हजार किलोलिटर डिजेल र २२ सय किलोलिटर मट्टितेल खपत हुन्छ ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०६:५५