प्रधानमन्त्री ओलीद्धारा भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुन: आग्रह
१६ पुस, काठमाडौँ । प्रधानमन्त्री श्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनस् आग्रह गरेका छन । बुधबार बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाइ नेपाल भ्रमणका लागि पुनस् आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार भारतीय समकक्षीसँग ओलीले आज बिहान १०ः३० बजे टेलिफोन संवाद गरेका थिए । संवादमा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयॉ बर्ष २०२० को शुभकामना आदानरप्रदान गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाको लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए ।
टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने विश्वास दुबै प्रधानमन्त्रीले व्यक्त गरेको सल्लाहकार थापाले जानकारी दिए ।
प्रकाशित मिति : 12:28









