नेकपाले छाडेको पद कांग्रेसले पाउनुपर्छः सभापति देउवा
१६ पाैष, विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले छाडेको पद कांग्रेसले पाउनु पर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै देउवाले सम्भामुखको रिक्ताको कुरा गर्दै नेकपाले छाडेको एक पद कांग्रेसले पाउनुपर्ने बताए । उनले सभामुको चयन प्रक्रियालाइ धेरे नलम्ब्याउन पनि अनुरोध गरेका छन ।

सभापति देउवाले कांग्रेसलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताए । उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पार्नुभयो । देउवाले पार्टीको हरेक क्रियाकलापमा सहमति खोज्दै अगाडि बढिरहेको जानकारी दिँदै लामो समयदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी सङ्घमा छिट्टै नेतृत्व ल्याउने धारणा व्यक्त गरे । एक प्रश्नको जवाफमा सभापति देउवाले पार्टीभित्र एकता र मेलमिलाप कायम रहेको बताए ।
प्रकाशित मिति : 12:00









