१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौँको ढुङ्गेधारामा

१५ पौष, काठमाडाैँ । एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौँको ढुङ्गेधारामा सञ्चालनमा आएकाे छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौँको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीबाट आज एक समारोहका बीच मुद्घाटन गरिएकाे हाे ।

यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १७:२०