सरकार र पार्टीको कामले आगामी निर्वाचनमा नेकपा एक्लैले २ तिहाइ बहुमत ल्याउँछः अध्यक्ष प्रचण्ड
१३ पाैष, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ बहुमत ल्याउँने बतानुभएकाे छ । अध्यक्ष प्रचण्डले संस्थागत रुपमा काम गरेर अझै उत्साहपुर्ण वातावरण बनाइने बताउँदै सरकारले आउँदो ३ वर्षमा अझै उच्चस्तरको काम गर्ने बताउनुभयो ।

आइतबार गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिका कमिटीको शपथ ग्रहणमा बोल्दै अध्यक्ष प्रचण्डले संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना हुने बताउनुभयो । अध्यक्ष प्रचण्डले आगामी ३ वर्षमा सरकार र पार्टीको कामले नेकपा एक्लैले २ तिहाइ मत ल्याउने वातावरण सिर्जना गर्ने दाबी समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो,“आउने दिनमा संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना गर्न सकिन्छ,” ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको कुरामा सरकार, पार्टी गम्भीर रहेको बताउँदै एक इन्च भूमि पनि नछोडिने प्रष्टीकरण दिनुभयो । अध्यक्ष प्रचण्डले यो विषय कूटनीतिक तरिकाले समाधान गरिने पनि जानकारी दिनुभयो ।
प्रकाशित मिति : 16:48









