२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सूचना प्रविधि विधेयक बहुमतले पारित

१४ पाैष, काठमाडाैँ । संसदीय समितिबाट सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएकाे छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकाे आइतबार बसेको बैठकले विधेयक बहुमतले पारित गरेकाे हाे। समितिकाे बैठकमा कांग्रेसले फरक मत राखेकाे थियाे। कांग्रेस सांसदकाे बिराेधका बावजुत विधेयक पारित भएकाे हाे।

फाइल फाेटाे

कांग्रेसले विधेयकमा रहेकाे सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानप्रति विरोध गर्दै आएको थियो । बैठकमा समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको जानकारी गराइन्।

प्रकाशित मिति : December 29, 2019 at 1:59 pm