कांग्रेस सभापतिको हैसियत एक वर्ष थप्दै देउवाले तोके १४ औंँ महाधिवेशनको मिति
११ पाैष, काठमाडाैँ । शेरबहादुर देउवाले सभापतिको हैसियत थप एक वर्षका लागि लम्ब्याएका छन । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औंँ महाधिवेशनको मिति तोक्दै वर्तमान कार्यसमितिको म्याद १ वर्ष थप गरेको हो । कांग्रेसले १४ औंँ महाधिवेशन २०७७ सालको फागुनमा गर्ने निर्णय गरेको छ ।

देउवाले पदावधि थप्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले शुक्रबारको बैठक नै बहिष्कार गरेका थिए । यद्यपी सभापति देउवाले १४ औँ महाधिवेशनको मिति घोषणा गर्दै अाफ्नो कार्यकाल थप एक वर्ष लम्व्याउने निर्णय लिए । तय गरिएकाे मिति अनुसार महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा हुनेछ । यस्तै बैठकले कांग्रेसका विभागहरुलाई २८ बाट ४१ पुर्याउने निर्णयसमेत गरेको छ ।
प्रकाशित मिति : 21:44









