१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बझाङमा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु, केही हराइरहेको आशंका


२० वैशाख, बझाङ । वर्षायाम सुरु हुनु अगावै बझाङमा बाढीको कहर सुरु भएको छ । बझाङको झोताबाट सदरमुकाम चैनपुर जाँदै गरेको जीप बाढीले बगाउँदा बुधबार राति तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलामा बाढीले जीप बगाउँदा ३ जनाको मृत्यु भएको हो ।

बुधबार राति से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अमरराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्द रहेका छन । प्रहरीका अनुसार जीपमा कति जना थिए भन्ने नखुलेकाले केही हराइरहेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १७:१६