१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

कक्षा ८ को परीक्षामा ०.४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि शिक्षककाे सेवा सुविधा रोक्का


२० वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि शिक्षकले पाउँदै आएको सेवा सुविधा कक्षा ८ को परीक्षामा ०.४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएपछि रोक्का गर्ने रणनीति बनाएको छ ।

शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले उचित रणनीति अघि बढाएर शैक्षिक गुणस्तरीयता प्रदान गर्न नसक्ने शिक्षकको हकमा पाउँदै आएको सेवा सुविधासमेत रोक्का गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले जानकारी दिए ।

वास्तविक नतिजा अनुसार तीन सय १५ जना विद्यार्थीमध्ये कक्षा ८ मा यसबर्ष चारजना मात्र विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

गुणस्तरीय शिक्षाका लागि विद्यालय गाभिएदेखि काम अघि बढाएको अध्यक्ष बस्ताकोटीले बताए । शिक्षक शिक्षिकाका सेवा सुविधासम्म रोक्का गरेर भए पनि आउँदो वर्ष शिक्षाको नतिजामा निकै सुधार ल्याउन अब गाउँपालिका अगाडि बढ्नेछ ।

खस्किँदो नतिजाले गाउँपालिकाको बेइज्जत भएकाले गुणस्तरीय शिक्षाका लागि काममा ठगी गर्ने शिक्षकको सेवा सुविधासमेत रोक्का गर्ने अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

बुलिङ्टार गाउँपालिकामा हाल एक उच्च माविसहित ४४ वटा प्रावि र निमावि रहेका छन् । हाल यस गाउँपालिकामा कूल २० हजार जनसंख्या रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १४:४०