१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा गोमा


२० वैशाख, खोटाङ । किरात राई पत्रकार संघको तेस्रो जिल्ला अधिवेशनले गोमा राईको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति सर्वसहमतिले अध्यक्ष चयन गरेको छ

सो संघकोे सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा काजनश्री राई, सचिवमा गोपाल राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्षमा रमिला राई तथा सदस्यहरूमा शर्मिला राई, टिवन राई, महाशेर राई, योगिन राई र सन्देश राई छानिएका छन् ।

संघको केन्द्रीय सभासद्मा रामधन राई, संगीता राई, डिएम चाम्लिङ र राजेन्द्र राई तथा सल्लाहकारमा उजुर राई, डम्बरसिं राई, भीम राई, उमेत राई, दमन राई र सइन्द्र राईलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १३:१५