नेकपाले बोलायो केन्द्रीय समिति बैठक
५ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । नेकपाले आगामी पुस २० गतेका लागि बैठक बोलाएको हाे । नेकपा कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक मिति तय गरेको हो ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय समिति रहेको छ । पार्टी एकतापछि पहिलो पटक एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
प्रकाशित मिति : 17:09







