२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

साहित्यकार केदार पोखरेलको छैटौँ कृति ‘बाटो भत्किएपछि’ लोकार्पण

५ पुस, काठमाडाैँ । साहित्यकार केदार पोखरेलको छैटौँ कृति ‘बाटो भत्किएपछि’को आज लोकार्पण गरिएको छ । पूर्वमन्त्री आनन्द पोखरेल, प्राडा रामदयाल राकेश, प्राध्यापक गार्मी शर्मा, कथाकार माया ठकुुरीलगायतले उक्त कृतिको आज आयोजित समारोहमा लोकार्पण गर्नुुभएको हो । सर्जक पोखरेलले उक्त कृतिमा अध्यात्म, परिवार, गाँउ, समाज, सुुशासन, राष्ट्रप्रेमका साथै राजनीतिक र कानूनका क्षेत्रमा मौलाउँदै गएको विकृति र विसङ्गतिका घटना उजागर गर्न कोसिस गर्नुुभएको छ । कृतिको समीक्षा गर्दै साहित्यकार स्वागत नेपालले मुुलुुकको शासन व्यवस्था ठीक ढङ्गबाट अघि नबढेका कारण जनताले खेप्नु परेको यावत भोगाइको चित्र गरिएको कविता सङ्ग्रहबारे जानकारी गराउनुभएको थियो ।

काठमाडौँमा शनिबार आयोजित समारोहमा साहित्यकार केदार पोखरेलको छैटौँ कृति ‘बाटो भत्किएपछि’ नामक पुस्तक लोकापर्ण गर्दै पूर्वमन्त्री आनन्द पोखरेल, प्राडा रामदयाल राकेश, प्राध्यापक गार्मी शर्मा, कथाकार माया

अर्थशास्त्री डा विजय पौडेलले सांस्कृतिक चेतना बिना समाजले समृद्धि हासिल गर्न सक्दैन भन्ने पाटोबाट हेर्दा पुस्तक निकै स्तरीय रहेको बताउनुभयो । सो अवसरमा पूर्वमन्त्री पोखरेल, साहित्यकारत्रय राकेश, शर्मा र ठकुुरीले छोटो समयमा धन कमाउ भन्ने सोचले राष्ट्रका वैभव भाषा, संस्कृति, संस्कार, नैतिकता, परम्परामा असर पुु¥याउने ढङ्गबाट अघि बढिरहेको समाजलाई एक पटक आफ्नो धरातलाई बुुझेर अघि बढन कृतिले मार्गनिर्देश गरेको धारणा राख्नुुभयो ।

उहाँहरुले मानवीय मूूल्य र मान्यताका हिसाबले समाज कमजोर भएको तथा राजनीतिमा नीति र नैतिकता हराएका विषयमा पनि कविले कृतिमा व्यङ्ग्य गर्नुु सफल हुुनुुभएको बताउनुुभयो । उक्त सङ्ग्रहमा आशा अनुुरोध, देशको निर्माण, बाँचेर त हेर, जीवनको अर्थ, आमा, बूढेसकालको बासना, मात्यौ भने ढल्छौ, कानूून दिवस, क्रान्ति, सुुन्दरता र धन, सुुगा–देश– विदेश, मान्छे कि पशुुलगायतका शीर्षकका एकसय कविता समावेश छन् । यसअघि साहित्यकार पोखरेलले सम्मान, अंशबण्डा, दलितको झुपडी कथा सङ्ग्रह, आमा कविता सङ्ग्रह, चेप्टे भँगालो उपन्यास प्रकाशित छन् ।

प्रकाशित मिति : December 21, 2019 at 3:24 pm