१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

दुई बालकलाई भारतमा बेच्न लैजाने ललितपुरका शिवप्रसाद गौतम पक्राउ


२० वैशाख, कन्चनपुर । दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट ललितपुरका शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ पैहरीले पक्राउ गरेको हो ।

अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो ।

भीमदत्तनगरको बसपार्क्स्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको हो । प्रहरीले दुबै बालकलाई आफन्तको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १२:१८