१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

पुस ११ गतेबाट नयाँ सभामुख चयनको प्रक्रिया शुरू हुने

४ पुस, काठमाडाैँ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया यही पुस ११ गतेबाट शुरू हुने भएको छ । संसद् भवन बानेश्वरमा शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनको प्रक्रिया पुस ११ गते १ बजे बस्ने बैठकबाट शुरू गर्ने निर्णय गरेको हो ।

आजबाट संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदैछ । हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दैछ । राष्ट्रपति भण्डारीले आजको बैठकमा अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाे छ । अर्को बैठक पुस ११ गते बस्ने गरी निर्णय भएको समिति सदस्य समेत रहेका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रकाशित मिति : 14:39