१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

राष्ट्रिय सहकारी बैंककाे १५ प्रतिशत लाभांश पारित

४ पुस, काठमाडौँ । राष्ट्रिय सहकारी बैंकको १६ औं साधारणसभाले सदस्य, संघसंस्थालाई १५ प्रतिशत शेयर लाभांस दिने निर्णय गरेको छ ।सभाले बैंकको विनियम संसोधन गर्ने प्रस्ताव, विभिन्न १५ वटा कार्यविधिहरु परिमार्जन गर्ने निर्णय गरेको छ । ७७ वटै जिल्लामा सञ्जाल रहेको यस बैंकले अहिले ११ हजार ३ सय ६ सहकारी संस्थालाई समेटेको छ ।

त्यस्तै बैंकको शेयर पूँजी १ अर्व ७८ करोड, निक्षेप ३२ अर्व, कर्जा लगानि २१ अर्व रहेको जनाएको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५ सय शेयर सदस्य, २ अर्व शेयर पूँजी, ३५ अर्व १३ करोड निक्षेप, २८ अर्व कर्जा लगानी गर्ने योजनाका साथ काम गरिरहेको बैंकका अध्यक्ष के.बी उप्रेतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार १३:०२